• कात्तिक १६, २०८३, सोमवार Monday, 02 November, 2026

माइतीघरमा तनाव, प्रधानमन्त्री बालेनविरुद्ध नाराबाजी

  • खबरदाता

माइतीघरमा तनाव, प्रधानमन्त्री बालेनविरुद्ध नाराबाजी

नेकपा (एमाले)का नेता–कार्यकर्ताले शनिबार (चैत १४) काठमाडौंको माइतीघरलगायत स्थानमा विरोध प्रदर्शन गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले गिरफ्तार गरेपछि उनीहरू सडकमा उत्रिएका हुन् ।

माइतीघरमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच तनावको स्थिति छ । हात हालाहालसम्मको अवस्था देखिएको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताले वर्तमान सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)विरुद्ध पनि नारा लगाएका छन् । प्रदर्शनका कारण सवारीसाधनको आवागमन प्रभावित भएको छ ।

शनिबारै बिहान प्रहरीले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई भक्तपुरस्थित उनीहरूका निवासबाट नियन्त्रणमा लिएको छ ।

  • प्रकाशित मिति : चैत १४, २०८२, शनिवार १६:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८