नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा र्याली निकाल्न सुरु गरेको छ ।
शनिबार बिहान साढे ९ बजे काठमाडौंको चाबहिल चोकबाट विरोध प्रदर्शन सुरु गरिएको प्रहरीले जनाएको छ ।
१०० भन्दा बढीको संख्यामा प्रदर्शनकारी विरोधमा उत्रिएका छन् । शनिबारै बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।
ओलीको प्रक्राउबारे पार्टीको धारणा सार्वजनिक गर्न एमाले सचिवालयको बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८