• जेठ ४, २०८३, सोमवार Monday, 18 May, 2026

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

  • खबरदाता

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

पूर्व गृहमन्त्री रमेश लेकलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५:४० मा पक्राउ गरेको हो । उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

भदौ २३ गते भएको जेनजी प्रदर्शनका बेला लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए । सो दिन काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएपछि उनले त्यही साँझ पदबाट राजीनामा दिएका थिए ।

भदौ २३ र २४ मा भएको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसपछि गृहमन्त्री सुधन गुरुङ ले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग उनीहरूलाई पक्राउ गर्ने विषयमा छलफल गरेका थिए ।

यस क्रममा शनिबार बिहान भक्तपुर सूर्यविनायक नगरपालिका–५, कटुञ्जे मनोरम टोलस्थित निवासबाट उनलाई नियन्त्रणमा लिई काठमाडौँ ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

 

  • प्रकाशित मिति : चैत १४, २०८२, शनिवार ०५:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८