• कात्तिक १७, २०८३, मंगलवार Tuesday, 03 November, 2026

तामाकोशीमा बस खस्दा कम्तीमा ६ जनाको मृत्यु, उद्धार कार्य जारी

  • खबरदाता

तामाकोशीमा बस खस्दा कम्तीमा ६ जनाको मृत्यु, उद्धार कार्य जारी

रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–५ मसानटारमा आज बिहान भएको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुई पुरुष र चार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामेछापका सहायक जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

बस नदीमा खसेका कारण हताहतको संख्या यकिन हुन नसकेको उनले बताए । बसमा कति यात्रु सवार थिए भन्ने खुलिनसकेको उनको भनाइ छ । डुंगामार्फत उद्धारकार्य जारी छ ।

०३०१–०००५ख–९९७५ नम्बरको बस काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै थियो । तीनवटै सुरक्षा निकाय उद्धारमा जुटेका छन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेको उद्धारका लागि १० जनाको गोताखोर टोली परिचालन भएको छ ।

  • प्रकाशित मिति : माघ २७, २०८२, मंगलवार १३:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८