• कात्तिक १७, २०८३, मंगलवार Tuesday, 03 November, 2026

कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी

  • खबरदाता

कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा आफ्नो आकाङ्क्षा रहेको स्पष्ट पारेका छन् ।

भण्डारीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति पदप्रति आफ्नो आकाङ्क्षा रहेको उल्लेख गर्दै जसरी आवश्यक पर्छ त्यसैगरी अघि बढ्न तयार रहेको बताएका छन् ।

उनले देश, जनता, प्रजातन्त्रको हित र सङ्गठनको आवश्यकताअनुसार उभिन तयार रहेको उल्लेख गरेका छन् ।

उनले साथीहरूको जिज्ञासा मेरो धारणा भन्दै लेखेका छन्– ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकाङ्क्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित १ तर देश, जनता , प्रजातन्त्रको हित र सङ्गठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म- जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु।’

भण्डारीले साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्ने स्पष्ट पारेका छन् ।

  • प्रकाशित मिति : मंसिर २४, २०८२, बुधवार १०:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८