आज जेन–जीको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म ३४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा ३ जनाको मृत्यु भएको छ भने एक सय जनाको...
गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्। ‘मन्त्रिपरिषद बैठक भर्खरै सकियो, गृहमन्त्रीजीले पनि राजीनामा दिनुभयो,’ एक मन्त्रीले भने। जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा...
जेन-जीको प्रदर्शनका क्रममा सुनसरीमा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेपछि बढेको तनावबीच प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रकाश पराजुलीले बताएका छन् । उनका अनुसार मृतकको...
सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको...
जेन-जीको नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन उग्र र हिंसात्मक बनेको छ। प्रदर्शनकारीका नाममा उत्रिएको समूहले संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकार थालेका सुरक्षाकर्मीको गोलीले कम्तीमा पनि ९ जनाको मृत्यु भएको छ। संसद् भवन क्षेत्रमा भएको हिंस्रक झडपका क्रममा घाइते भएकाहरूको...
काठमाडौँको बानेश्वरमा प्रदर्शनमा उत्रिएका एक जेनजीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीको बानेश्वरकै सीभील अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अस्पतालका मेडिकल डारेक्टर दीपक पौडेलले नेपालखबरलाई जानकारी दिए। उनको परिचय खुलिसकेको छैन। सीभील अस्पतालमा १०० भन्दा धेरै...
बानेश्वर क्षेत्रमा भएको दोहोरो झडपमा दुई प्रहरीसहित केही प्रदर्शनकारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसमध्ये दुईजना प्रहरीको अवस्था पनि गम्भीर...
प्रदर्शनकारी जेनजीको भिड छिचोलेर जान नसकेपछि सशस्त्र प्रहरीको चारवटा गाडी थापा गाउँबाट नयाँबानेश्वरतर्फ जाने चोकमै रोकिएको छ। अहिले रोकिएको गाडीसहितका सशस्त्र प्रहरी लिन नेपाली सेनाको गाडी पुगेको छ। प्रदर्शनकारीले सशस्त्रका चारवटा गाडी घेरा हालेर रोकेका छन्।
संसद् भवन नयाँ बानेश्वरको गेट नजिकै आगजनी गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा उर्लिएको भीडले आगजनी गरेको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रका कर्फ्यू आदेश जारी भए पनि प्रदर्शन भने जारी छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८