आन्दोलनरत जेनजी नेपालले आफ्ना पाँच प्रमुख माग सार्वजनिक गरेको छ। आन्दोलनकारीहरूले राजनीतिक अस्थिरता, नेतृत्वप्रति अविश्वास र युवापुस्ताको भविष्यप्रतिको चिन्ता व्यक्त गर्दै तत्कालीन कदम चाल्न सरकार र राजनीतिक दलहरूलाई दबाब दिएका छन्। ताजा अपडेटका लागि हामीलाई तष्पतयप र खष्दभच मा पछ्याउनुहोस्...
जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिइने भएको छ । निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् । संयुक्त...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आज बिहान ७ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।ललितपुर महानगरपालिका, वडा नं. २, ४, ९, १८ र २५ भित्रका...
सोमबार काठमाडौं लगायत देशका विभिन्न भागमा भएको प्रदर्शनमाथि प्रहरीले गरेको दमनप्रति विभिन्न सातवटा देशका दूताबासले आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् । अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स र दक्षिण कोरियाका नेपालस्थित दूताबासले सोमबार साँझ संयुक्त वक्तव्य जारी गर्दै घटनाप्रति चिन्ता...
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर भन्दा दक्षिणतिर साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी,...
सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद बैठकपछि सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गरिएको हो । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने मन्त्रीहरुको प्रस्तावमा असहमति जनाएका थिए । विदेशी...
प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् । उनले प्रदर्शनमा नागरिकको ज्यान गएको घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन् । सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै नीति नलिएको बताए...
राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठजनाको मृत्यु भएको छ । मृतक पाँचजनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौं कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौं वनस्थलीका स्टप अधिकारी र गौरव...
आज २०८२ साल भदौ २४ गते मंगलबार। आश्मिन कृष्ण पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ९ तारिख। आज द्वितीया श्राद्ध। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८