प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका छन् । उनले एक भिडियो सन्देशमा जारी गर्दै यस्तो वार्ताका लागि अनुरोध गरेका हुन् ।
भरतपुरमा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय सहित प्राय सबै सरकारी निकायका कार्यालयहरुमा आगजनी गरेका छन् । तस्बिर : खबरमुलुक
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेन(जी आन्दोलनलाई संयमित रुपमा अघि बढाउन अपिल गरेका छन् । उनले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै देशको सम्पत्ति जोगाउन सबैलाई आग्रह गरेका हुन्। आइतबार सार्वजनिक अपिलमा लामिछानेले भनेका छन्, ‘देशका...
नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले जेनजी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले यस्तो अपिल गरेका हुन् । 'प्लिज जेनजी देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो । अब जति क्षति...
ललितपुर- सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएलगत्तै ललितपुरस्थित नख्खु कारागारबाट सबै कैदी बन्दी बाहिरिएका छन् । उनीहरू केही बेरअघि नख्खु कारागारबाट एकसाथ बाहिरिएका हुन् । नख्खु कारागारमा कम्तीमा पनि १ हजार ५ सय जना कैदी...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको हो । आकासमा रहेका जहाजलाई...
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । मन्त्री पौडेलले मंगलबार राजीनामा दिएका हुन् । ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु,’ मन्त्री पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । मन्त्री पौडेलले ‘अहिंसा...
मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरूलाई मंगलबार दिउँसो सुरक्षित स्थानमा लगिएको हो। ‘मन्त्रीजीहरूलाई सुरक्षित स्थानमा सारेका छौं, काठमाडौं भ्यालीभित्रै सुरक्षित स्थानमा राखिएको छ,’ सुरक्षा निकाय उच्च स्रोतले सेतोपाटीसँग भन्यो। नेपाली सेनाको हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८