• वैशाख ५, २०८३, शनिवार Saturday, 18 April, 2026

सामाजिक सञ्जालको प्रतिबन्ध हट्यो, ओलीको असन्तुष्ट

  • खबरदाता

सामाजिक सञ्जालको प्रतिबन्ध हट्यो, ओलीको असन्तुष्ट

सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद बैठकपछि सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गरिएको हो ।

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने मन्त्रीहरुको प्रस्तावमा असहमति जनाएका थिए ।

विदेशी कम्पनीहरुले नेपाललाई हेपेको बताउँदै ओलीले यसलाई राष्ट्रिय स्वाभिमानसँग जोड्नुपर्ने र नागरिकले पनि यो कुरा बुझ्नुपर्ने बताएका थिए । यसै विषयलाई लिएर कांग्रेसका केही मन्त्रीहरुले ओलीसँग विवादसमेत गरेका थिए ।

बैठकपछि सरकारका प्रवक्ता एवं सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भने ‘सामाजिक सञ्जाल शुरु भइसक्यो ।’

दर्ताका लागि ताकेता गर्दा ‘तेरो देशमा भ्रष्टाचार छ, त्यसैले सूचीकरण हुँदैनौं’ भनेर सामाजिक सञ्जालका सञ्चालकहरुले जवाफ दिएको मन्त्री गुरुङको भनाइ छ ।

मन्त्री गुरुङको भनाइ जस्ताको त्यस्तै–

नेपालमा सामाजिक सञ्जालहरुको नियमन गर्न एकदमै जरुरी थियो । म मन्त्रालयमा आएको १४ महिना भयो, त्यही दिनदेखि हामीले धेरै चैं नियमन गर्ने प्रक्रियामा आह्वान गरेको हो । सामाजिक सञ्जाल धेरैजसो विदेशी छन् । हेरैपटक आह्वान गर्दौ पनि उनीहरुले त्यो नगरेको स्थिति बन्यो । हामीले उनीहरुसँग भर्चुअल मिटिङहरु गर्‍यौं । उनीहरु धेरैले के भनेका थिए भने तेरो देशमा करप्सन छ, तेरो देशको रेगुलेसनको काम पारदर्शी हुँदैन, तिमीहरुको देशमा रेगुलेसन गर्ने कुराको कुनै ट्रान्सपरेन्सी देखिँदैन, त्यसकारणले हाम्रो यो सोसल मिडिया तिम्रो देशमा सूचीकरण गर्ने काम चाहिँ हुँदैन भनेका थिए ।

यही सन्दर्भमा हामीले अब चाहिँ केही उपाय लगाउनुपर्‍यो भनेर मैले उनीहरुलाई समय धेरै दिएँ । यसै सन्दर्भमा सर्वोच्चले निर्णय गर्‍यो । सामाजिक सञ्जालको नियमन गर, दर्ता गराउ, दर्ता गर्न आएन भने बन्द गराऊ भनेको हुनाले सर्वोच्चको यो फैसलालाई कार्यान्वयन गर्नका लागि पनि सरकारले त्यो निर्णय गरेको हो ।

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : पृथ्वीसुब्बा

यसैबीच मन्त्री गुरुङले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताए । मन्त्रिपरिषदको बैठकपछि सञ्चारकर्मीसँग प्रस्तुत भएका गुरुङलाई पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘प्रधानमन्त्रीले अहिले राजीनामा दिनुहुन्न।

  • प्रकाशित मिति : भदौ २४, २०८२, मंगलवार ०६:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८