फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० निर्वाचित उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लष्टर’अनुसार रुजु प्रक्रिया अघि बढाएको छ । निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७...
सर्वोच्च अदालतले धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजीविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। निर्वाचन आयोगले फागुन १८ गते साह कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएपछि उम्मेदवारी खारेज गरेको थियो। त्यसविरुद्ध साहले सर्वोच्च दायर गरेको रिट...
गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रिक्त रहेको एकजना सदस्यका लागि सिफारिस गरेको हो । राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुने एक पद रिक्त रहेको थियो । सोही पदमा सरकारले अर्यालको नाम...
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक डाकेकी छन् । अहिले ३ बजे बस्ने बैठकमा जेन-जी आन्दोलनको घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । आयोगको प्रतिवेदन कार्यान्वयन अघि बढाउन मन्त्रिपरिषद् बैठक डाकिएको प्रधानमन्त्रीनिकट स्रोतले बतायो । पूर्वन्यायाधीश गौरीबहादुर...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आइतबार (चैत १) बसेको सचिवालय बैठकबाट ५७ जनाको नाम चयन गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताए । खसआर्य १७, जनजाति १६, दलित आठ, मुस्लिम तीन, मधेसी नौ...
स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत १) सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो । आजका लागि तोलाको तीन लाख नौ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । गत शुक्रबार (फागुन...
समानुपातिक सांसदको टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक आइतबार बिहान १० बजे बस्दैछ। पार्टी सचिवालय बैठक केन्द्रीय कार्यालय चःमतिमा बस्ने प्रवक्ता मनिष झाले बताए। ‘पार्टी सभापतिको निर्देशानुसार पार्टी सचिवालयको बैठक आइतबार बस्ने तय भएको छ,’ झाले भने। उनका...
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ । भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट समानुपातिकतर्फ प्राप्त सिट संख्याका आधारमा सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो । बैठकमा...
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले घोषणा गरेको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र परेको मुन्दुम पदमार्गको यात्राका क्रममा भेटिने यो पोखरी प्राकृतिक सौन्दर्यका कारण पर्यटकमाझ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८