• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

धनुषा–१ मा नेकपाका यादवको विजय सर्वोच्चद्वारा अनुमोदन

  • खबरदाता

धनुषा–१ मा नेकपाका यादवको विजय सर्वोच्चद्वारा अनुमोदन

सर्वोच्च अदालतले धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजीविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

निर्वाचन आयोगले फागुन १८ गते साह कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएपछि उम्मेदवारी खारेज गरेको थियो।

त्यसविरुद्ध साहले सर्वोच्च दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै आइतबार न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्च प्रशासनले जनाकारी दियो।

उम्मेदवारी खारेजीविरुद्ध आदेश नभएपछि भएका मध्ये सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका नेकपाका मातृका यादवको विजयी अनुमोदन भएको छ। यादवले १० हजार ४३० मत ल्याएर निर्वाचित भएका थिए।

यसअघि एकल इजलासले कर्जा सूचना केन्द्रको कालो सूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि उम्मेदवारी खारेजी अनुमोदन भएपछि धनुषा–१ को चुनावी विवाद सकिएको छ।

  • प्रकाशित मिति : चैत १, २०८२, आइतवार १९:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८