कल्पनाको महल बनाऔं
आउ प्रिय !
हाम्रो कल्पनाको महल बनाऔं !
अलिकति तिमी आऊ
अलिकति म आउँछु
छोडिदेऊ ती आफ्ठ्यारा
तनावका किस्साहरु
अलिकति तिमी मुस्काऊ
अलिकति म मिस्काउँछु
आऊ प्रिय !
हाम्रो कल्पनाको महल बनाऔं
म मायाको च्यादर लिएर आउँछु
तिमी सपनाको भर्याङ बनाऊ
सपनाका रङ्गीन फूलहरु
उनेर सुन्दर माला बनाई
एउटा छेउ तिमी समाऊ
अर्को छेउ म समाउंछु
प्रेमिल गुलाफहरुले
कुनाकुना सजाऔं
आउ प्रिय !
हाम्रो कल्पनाको महल बनाऔं
तिमी मुटुभरि बिश्वास लिएर आऊ
म मुहारभरी खुशी लिएर आउँछु
भरोसाको छानो
मुस्कानको दिवार बनाउ
ती मिठा यादहरुको
पोस्टर टासौँ
रोपेर मायाका फूलहरु
प्रेमको दियो जलाऔँ,
झलमल्ल पारौं
आऊ प्रिय
कल्पनाको महल बनाऔँ।
मेनका काप्री चापागाईं
मनको अदालतबाट
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८