• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

यी पाँच प्रदेशका केही भूभागमा हुनेछ आज वर्षा

  • खबरदाता

यी पाँच प्रदेशका केही भूभागमा हुनेछ आज वर्षा

देशका केही स्थानमा आज वर्षा हुनेछ । पाँचवटा प्रदेशका केही भूभाागमा हल्का वर्षाको सम्भावना रहेको हो ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

हिमाली भूभागका साथै वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।

विभागले राति हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।

हाल देशमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : असोज २८, २०८३, बुधवार ०६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८