• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

अडिओबारे कठघरामा उभिएर जवाफ दिन तयार छु – खगेन्द्र सुनार

  • खबरदाता

अडिओबारे कठघरामा उभिएर जवाफ दिन तयार छु – खगेन्द्र सुनार

सांसद खगेन्द्र सुनारले सार्वजनिक आफ्नो अडिओका विषयमा छानबिनका लागि तयार रहेको बताएका छन्।

मंगलबार भिडिओ सन्देश जारी गर्दै उनले त्यो अडिओ एआईलगायत प्रविधिका प्रयोग गरेर बनाइएको दाबी पनि गरेका छन्।

यद्यपि यसको सत्यतथ्य छानबिनका लागि पार्टी र सरकार दुवैलाई सहयोग गर्ने उल्लेख गर्दै उनले कठघरामा उभिएर जवाफ दिन तयार रहेको बताएका छन्।

‘प्रहरी भित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेपदेखि म माथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप प्रत्यारोपको सिकार भइरहेको छु। हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडिओ सार्वजनिक गरिएको छ। आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन्। एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्’, उनले भनेका छन्, ‘तसर्थ ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु। तर भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु। यस्ता खालका भ्रममा नपर्न म आम नागरिकहरूलाई अपिल गर्न चाहन्छु। र, ममाथि हुने छानबिनको लागि म सबैलाई सघाउन तयार छु।’

  • प्रकाशित मिति : असोज २७, २०८३, मंगलवार ११:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८