• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

काठमाडौँ चिसो बढ्दै, दुई हप्तामा ५ डिग्री घट्यो तापक्रम

  • खबरदाता

काठमाडौँ चिसो बढ्दै, दुई हप्तामा ५ डिग्री घट्यो तापक्रम

केही दिनयता देशभर न्यूनतम तापक्रम घट्दो र चिसो बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन्।

यस क्रममा काठमाडौँ उपत्यकाको रेकर्ड हेर्दा २ हप्तामै झन्डै न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस घटिसकेको छ।

आज (बुधबार) बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस रहेको पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

‘यही अक्टोबार १ तारिख काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस थियो’, उनले बुधबार बिहान नेपालखबरसँग भने, ‘त्यसयता १८, १७, १६, १५ हुँदै अहिले १४ मा झरिसक्यो।’

आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको तापक्रम सुरुवाती मापनमा देखिएभन्दा अरू थोरै घट्ने सम्भावना हुन्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ। न्यूनतम बिहान ८:४५ बजे मापन गरिन्छ भने अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

  • प्रकाशित मिति : असोज २८, २०८३, बुधवार ०८:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८