युवा ज्योतिष पं. सागर गुरागाँई
असार ३०,२०७९
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आषाढ ३० गते बिहीबार तद्अनुसार सन् २०२२ जुलाइ १४ तारिख श्रावण कृष्ण पक्षको प्रतिपदा तिथि उत्तराषाढ़ा नक्षत्र वैधृति योग बालव करण आनन्दादिमा सौम्य योग चन्द्रमा धनु राशिमा ५ः५३ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१८ मा र सूर्यास्त साँझ १९ः०० मा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन आरोग्यता बढ्ने देखिए पनि अन्य कोणबाट त्यत्ति शुभ देखिँदैन । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ, आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ ।
वृष – शुभ काममा सफलता मिल्ने र समस्याको समाधान प्राप्त हुनेछ । आशा उत्साह थपिनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । तर, पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन् सावधान रहनुहोला । सन्तानसुख मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।
मिथुन – व्यस्तता बढ्नेछ । कठोर प्रयत्नले सफलता प्राप्त हुनेछ । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । गरेको यात्रा उपलब्धीमूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ ।
कर्कट – आज चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नया काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन हुनेछ । वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ । दामपत्य सुख बढ्ला । सहज प्रयत्नले लक्ष्यमा पुग्नु हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
सिंह – खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखापर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ ।
कन्या – प्रेममा सफलता प्राप्त हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण रहनुका साथै सुख बढ्नेछ ।
तुला – भागदौड बढे पनि काममा सफलता मिल्नेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार वसायमा प्रगति हुनेछ ।। मिठो भोजन खान पाउनु हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – पराक्रम वृद्धि हुनेछ । कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । विश्वास गरेकाले धोका दिन सक्छन् होसियार रहनुहोला ।
धनु – साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । आर्थिक अभावले अलिक सताउनेछ । व्यवसायमा केही उतारचढाव आउला । पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ ।
मकर – शुभता वृद्धि हुनेछ । आशा उत्साह बढ्ला । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । कुटुम्बको सहयोग प्राप्त होला । व्यापार९व्यवसायमा बिस्तार हुनेछ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।
कुम्भ – मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाटसुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । नयाँ सम्भावना देखा पर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृृद्धि होला । व्यस्त रहनुहुनेछ ।
मीन – आरोग्यता र सुख शांति बढ्नेछ । धनजनको आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । यात्राको योग छ । रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ । शुभ काममा भाग लिनु हुनेछ । रसरागमा रुचि बढ्नेछ । पराक्रम बढ्नेछ ।
आजको दिन शुभ रहोस । आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८