• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024

सिके राउतको पार्टीले फेरि जित्यो वडाध्यक्ष

  • खबरदाता

सिके राउतको पार्टीले फेरि जित्यो वडाध्यक्ष

 

जेठ ३,२०७९

सिके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीमा पनि एउटा वडाध्यक्ष जितेको छ। यो सगै अहिले सम्म सो पार्टीले ३ वटा वडामा जित हासिल गरेको छ।

मनरा शिसवा नगरपालिकाको वडानम्बर ८ मा जनमतका अजयकुमार सिंहले वडाध्यक्ष जितेका हुन्। यो उक्त पार्टीका महासचिव चन्दन सिंहको वडा हो।

यसअघि सिके राउतको गृहजिल्ला सप्तरीमा पनि उक्त पार्टीले दुई वडामा अध्यक्ष जितेको थियो। सप्तरीको हनुमाननगर कंकालिनीको मेयर र उपमेयरमा जनमत पार्टीका उम्मेदवारले अग्रता लिइरहेका छन्।

  • प्रकाशित मिति : जेठ ३, २०७९, मंगलवार ०९:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८