• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

हात्तीको आक्रमणबाट सप्तरीमा एकजनाको मृत्यु

  • खबरदाता

हात्तीको आक्रमणबाट सप्तरीमा एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको हो ।

गएराति १ बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो । उनका छोरा अर्जुन भागेर ज्यान जोगाउन सफल भएका छन् ।

एक सातादेखि हात्तीको ठूलो बथान रुपनीमा प्रवेश गरेपछि स्थानीय त्रसित छन् ।

गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सरुंगा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको ज्यान गएको थियो । रासस

  • प्रकाशित मिति : मंसिर ९, २०८३, बुधवार १०:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८