• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

आज २०८३ साल मङ्सिर ९ गते बुधबारको राशिफल

  • खबरदाता

आज २०८३ साल मङ्सिर ९ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर ९ गते बुधबार सन् २०२६ नोभेम्बर २५ तारिख। मंसिर कृष्ण पक्षको प्रतिपदा तिथि। अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। हेरौ  ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष – नयाँ योजना बन्ने दिन छ । गुम्न लागेको धन हात लाग्नेछ । मिष्ठान्न भोजन हुनेछ । पारिवारिक मेलमिलापको योग छ । साथीसँगको सहकार्यमा महत्त्वपूर्ण काम बन्ने छ ।

वृष – दिन राम्रो छ । शिक्षाको क्षेत्रमा अघि बढ्ने अवसर मिल्नेछ । साथीसँग तर्क गर्नु भन्दा आफ्नो काममा अगाडि बढ्नु राम्रो हुनेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

मिथुन – सानो कुराले दुःखी बनाउने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ । पठनपाठनमा जोस र जाँगर बढ्नेछ । परिवारमा मनमुटाव हुने भएकाले तर्क नगर्नु राम्रो हुनेछ ।

कर्कट – दिन सहज छ । बन्धुसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन खुशी हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ । साथीसँगको सम्बन्ध सामान्य रहनेछ ।

सिंह – दिन राम्रो छ । साथीको साथ लिएर नयाँ कामको सुरुवात गर्दा फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या बढ्नसक्छ । निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट उन्नति हुनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।

कन्या – दिन सामान्य छ । सञ्चित धन खर्च हुनसक्छ । दाजुभाइबाट असहयोग हुनेछ । नराम्रो खबर सुन्नुपर्ने हुनसक्छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । भोलिको सफलता सम्झिएर मन खुशी हुनेछ । रोगसँग लड्ने क्षमताको विकास हुनेछ ।

तुला – दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । दाजुभाइको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ ।

वृश्चिक – दिन राम्रो छ । बोलीका प्रभावले राम्रो काम बन्नेछ । राज्यको तर्फबाट राहत मिल्नेछ । सामाजिक क्षेत्रमा अगाडि बढ्नु फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु – दिन राम्रो छ । भाग्यको स्थानमा चन्द्रमा पुगेकाले प्रष्ट वक्ता बन्नु फाइदाजनक हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । बौद्धिक व्यक्तिको साथ प्राप्त नहुँदा मन दुःखी भए पनि स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

मकर – दिन सहज छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । पुराना साथीको साथ र सहयोग प्राप्त हुनेछ । आम्दानीका स्रोत पहिचान हुँदा मन खुसी हुनेछ ।

कुम्भ – खर्च बढ्नेछ । जुनसुकै काममा झन्झट आइपर्न सक्छ । रोगले सताउने जोखिम छ । सामाजिक सेवामा भने तपाईंले अवसर प्राप्त गर्नुहुनेछ । परोपकारको क्षेत्रमा सक्रिय भएमा मन शान्त बन्नेछ ।

मीन – दिन राम्रो छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

  • प्रकाशित मिति : मंसिर ९, २०८३, बुधवार ०६:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८