• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024

आफ्नो गड मान्दै आएको भरतपुर ३ मा काङ्ग्रेस भारी मतान्तरले पराजित

  • केपी शर्मा

आफ्नो गड मान्दै आएको भरतपुर ३ मा काङ्ग्रेस भारी मतान्तरले पराजित

 

जेठ २,२०७९

चितवन – भरतपुरमा काङ्ग्रेसले आफ्नो गड मान्दै आएको ३ नम्बर वडा भारी मतान्तरका साथ गुमाउन पुगेको छ।

लामो विवादका बिच पार्टीको आधिकारिक उमेदवार बन्न सफल भएका भरत लामिछानेले नेकपा एमालेका बिकास थापासंग ६१७ मतको अन्तरले हार खाए।
थापाले १ हजार ६६६ मत ल्याउँदा लामिछानेले १ हजार ४९ मत मात्र प्राप्त गरे।

भरतपुर ३ मा आफुलाइ खास काङ्ग्रेस मान्नेहरुको संख्या पनि उल्लेख छ । काङ्ग्रेसका बागी उमेदवार बनेका जगन्नाथ पौडेलले पाएको मत हेर्दा पनि उक्त कुरा प्रष्ट हुन्छ । यहा पौडेलले ६५१ मत प्राप्त गरे।

यो वडामा मेयर पदका एमाले उमेदवार बिजय सुबेदिले १०२६ माओवादीकि रेनु दाहालले ९८५ मत प्राप्त गरेका छन।
यता मेयरमा काङ्ग्रेसका चित्रसेन अधिकारीले १२८४ र राप्रपाकी हिमला गुरुङले ७४३ मत प्राप्त गरेका छन।

किन हार्यो काङ्ग्रेस ?

भरतपुरको वडा नम्बर ३ मा कसले पार्टीको टिकट पाउने भन्ने बारे सुरु देखिनै बिबाद रहँदै आएको थियो। क्षेत्र नम्बर २ का सभापति समेत रहेका पराजित भरत लामिछानेले आफुनै अध्यक्ष हुनको लागि हरेक प्रयास गरे।तर आम ३ नम्बरका काङ्ग्रेसीहरुको समर्थन भने तारामित्र पन्डितलाइ थियो।

काङ्ग्रेसको तर्फबाट लामिछानेले आफैलाइ काङ्ग्रेसको आधिकारिक उमेदवार भन्दै नोमिनेसन गराए पछि तारामित्रले स्वतन्त्रमा उम्मेद्बारी दर्ता गराएका थिए।
नोमिनेसन सकिएपछि काङ्ग्रेसका उपाध्यक्ष पुर्ण बहादुर खड्काले तारामित्रलाइ पार्टीको आधिकारिक उमेदवार भन्दै पत्र पठाए । सोही पत्रका आधारमा तारामित्रले चुनावी प्रचारप्रसार समेत गरे। तर लामो लबिङ गरेर लामिछानेले त्यो पत्रलाइ उल्टान सफल भए। लगत्तै काङ्ग्रेसका मुख्य सचिले फेरि लामिछानेनै पार्टीको आधिकारिक उमेदवार भन्दै जिल्लालाइ पत्र पठाए । यस्तै विवादका कारण काङ्ग्रेसको गढ मानिएको भरतपुर ३ लाई भारि मतान्तरले गुमाउन पुग्यो।

त्यसो त लामिछानेलाइ पार्टीको टिकट वितरण गर्दा ठुलो रकमको चललखल गरेको भन्ने आरोप समेत लागेको छ।त्यसको छानबिन अझै चल्दै छ।

भरतपुरका ३ वटा वडाको मत गणना सकिँदा मेयरका उमेदवार रेनु दाहालले ३८९४मत , बुजय सुबेदिले ३९४४ र जगन्नाथ पौडेलले १५७२ मत प्राप्त गरेका छन।

यस्तै उपमेयरमा काङ्ग्रेसका चित्रसेन अधिकारीले ४४७६ र राप्रपाकी हिमला गुरुङले ३०७० मत प्राप्त गरेकि छन।

  • प्रकाशित मिति : जेठ २, २०७९, सोमवार ११:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८