• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

निर्वाचन आयोगको स्पष्टीकरणपछि पनि आचारसंहितामा उलंघनमा रोकिएनन प्रचण्ड

  • खबरदाता

निर्वाचन आयोगको स्पष्टीकरणपछि पनि आचारसंहितामा उलंघनमा रोकिएनन प्रचण्ड

 

बैशाख २९,२०७९

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् ।

वैशाख २७ गते राती १२ बजेदेखी मौन अवधि लागू भएको छ । मौन अवधिमा कुनै पनि प्रक्रिया, विधि वा माध्यमबाट कसैले पनि मतदाता प्रभावित पार्ने र उमेदवार वा दलको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न पाइदैन । तर प्रचण्डले भने यी सबै आचारसंहितालाई कुल्चेर हिँडेका छन् ।

बुधबार भरतपुर आउने बित्तिकै कार्यकर्ता भेला गरेर चुनावी नतिजा आफ्नो पक्षमा पार्न निर्देशन दिएका प्रचण्ड बिहीबार रातभर भरतपुरका विभिन्न क्षेत्रमा पुगेर मतदाता प्रभावित पार्ने काममा लागिरहेका छन् । उनी आजै आचारसंहिताको उल्लंघन गर्दै सुरक्षाकर्मी लिएर माडी पुगे ।

प्रचण्डलाइ निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोधिसकेको छ । तर पनि उनी रोकिएका छैनन् । उनी आफ्नो छोरीलाइ जिताउन अन्तिम कसरतमा लागेका छन् । माडीबाट फर्केर भरतपुर-१ ठिमुरा पुगेका उनी त्यसपछी पश्चिम भरतपुरको रामपुर, गोपालगंज, दिव्यनगर, चनौली लगायतका स्थानमा पुगेर आफ्नो छोरीको लागि भोट मागिरहेका छन् ।

विशेष गरि सुकुम्बासी बस्तीहरुमा पुगेका प्रचण्डले सुकुम्बासीलाई लालपुर्जा दिने, बाटो बनाइदिने र सबै समस्याको हल गरिदिने भनेर आश्वासन दिएको स्थानीयहरुले बताएका छन् ।
आफैले बनाएको आचारसंहिताको धज्जी उडाइरहेका प्रचण्डले जनमतको कदर गर्लान् रु भन्ने प्रश्न खडा भएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघनकर्ता प्रचण्डलाई सुरक्षा व्यवस्था गरेकामा आयोगले बागमती प्रदेश प्रहरी प्रमुख पुजा सिंह, चितवनका सिडिओ अस्मान तामाङ र एसपी नवराज अधिकारीलाइ ८ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ ।

  • प्रकाशित मिति : वैशाख २९, २०७९, बिहीवार २१:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८