बैशाख २२,२०७९
चितवन – सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँमा पानीलको ताल बनेको छ।
रातभर परेको अबिरल बर्षाका कारण भरतपुर स्थिति केन्द्रिय बस टर्मिललमा पानी जमेर ताल बनेको हो।गठबन्धनले केहि दिन अघि देखिनै चुनाबी सभाको लागि तयारी गर्दै आएको थियो।
बुधबार देखि बनाउन थालिएको मञ्चको भाग पनि पानीले पुरै डुबेको छ।
अब कुन तरिकाले सभा गर्ने भन्ने बारे छलफल हुने काङ्ग्रेस चितवनका उप सभापति राजिब न्यौपानेले बताए । उनले भने अब सकियो भने जेनेरेटर प्रयोग गरेर पानी फालेर गर्नु पर्ला । नत्र बैकल्पिक ब्यबस्था अपनाउनु पर्ला।
गठबन्धनको उक्त सभालाइ सम्बोधन गर्न प्रधानमन्त्री शेर बहादुर देउवा बुधबार देखिनै चितवनमा छन।
सो कार्यक्रमलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने जनाइएको छ ।
भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेनु दाहाल प्रमुख पदमा र उपप्रमुखमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार रहेका छन।तस्बिर : शिब उप्रेती (खबर मुलुक)




गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८