• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

कांग्रेस सहमहामन्त्रीमा फिरदोश आलम विजयी

  • खबरदाता

कांग्रेस सहमहामन्त्रीमा फिरदोश आलम विजयी

नेपाली कांग्रेसको मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा डा।फिरदोस आलम निर्वाचित भएका छन् फिरदोस १५ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निवाचित भएका हुन्।

फिरदोसले ३३४६ मत पाउँदा निकटतम् प्रतिद्धन्द्धी अब्दुल सत्तारले २७ सय २७ मत मात्र पाए। अर्का उम्मेदवार अतहर कमाल मुसलमानले ५सय ५७ मत ल्याए। केन्द्रीय सदस्य सत्तार र पूर्व सांसद हतहर कमाललाई हराएर सहमहामन्त्री बने। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशमा कांग्रेसका तर्फबाट निर्वाचित हुने फिरदोस एक्ला सांसद हुन्।

फिरदोस रौतहट–२ बाट २९ हजार ५२८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत पाए। २०७९ मा प्रतिनिधिसभा सदस्यमा पराजित उनले गत चुनावमा मधेस प्रदेशमा कांग्रेसलाई निल हुनबाट जोगाएका थिए।

डा। फिर्दोस कांग्रेसका दिवंगत नेता शेख इद्रिसका नाति तथा दिवंगत मोहम्मद आफताबका छोरा हुन्। उनले चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) अध्ययन पूरा गरेका छन्। उनले नेपाल प्रहरी अस्पतालमा प्रहरी निरीक्षकका रूपमा समेत काम गरेका थिए। प्रहरी निरीक्षकबाट राजीनामा दिएर २०७९ मा राजनीतिमा प्रवेश गरेका उनी मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै पार्टीको नेतृत्व तहमा पुगेका छन्।

 

  • प्रकाशित मिति : असोज २९, २०८३, बिहीवार १५:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८