• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स

  • खबरदाता

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह साउन महिनाको तुलनामा ६ अर्ब रुपैयाँले बढी हो ।

चालु आर्थिक वर्षको साउन महिनामा २ खर्ब १५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । आर्थिक वर्ष २०८३-८४ को दुई महिनामा रेमिट्यान्स आप्रवाह गत आवको सोही अवधिको तुलनामा २३।९ प्रतिशतले वृद्धि भई ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३३।१ प्रतिशतले बढेको थियो।

चालु आर्थिक वर्ष भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको भदौसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो।

  • प्रकाशित मिति : असोज २९, २०८३, बिहीवार १५:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८