• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

कामगर्नेलाइ पार्टीले हैन जनताले छान्छन भन्दै काङ्ग्रेसका अधिकारीले दिए स्वोतन्त्र उम्मेद्बारी

  • खबरदाता

कामगर्नेलाइ पार्टीले हैन जनताले छान्छन भन्दै काङ्ग्रेसका अधिकारीले दिए स्वोतन्त्र उम्मेद्बारी

 

बैशाख १३,२०७९

चितवन । पार्टीले टिकट नदिएपछि चितवनको कालिका नगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा राजकुमार अधिकारीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन ।

नेपाली कांग्रेसको सक्रिय सदस्य भएपनि पार्टिले आफ्नो योगदानको कदर नगरेको तर यस वडाका जनताको माग आफूलाई वडा अध्यक्षमा रहेर सेवा गर्न आह्वान भएकाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएको उनले बताए ।

उनले सोमवार आफ्नो उम्मेद्बारी दर्ता गराएका हुन। आफू दिनरात खटिएर कांग्रेसको संगठन बलियो बनाउंदै जांदा पनि मूल्यांकन नहुंदा निकै दुखित भएको भन्दै अधिकारीले वडानम्बर २ का जनताको भावना अनुसार उम्मेदवारी दिएको भन्दै चुनाव जित्ने दाबी गरे।

दुई दशक बढी आफू राजनीतिमा लागेको भन्दै अधिकारीले कम्युनिस्टको गढ जस्तै मानिने वडा नम्बर २ मा कांग्रेसको संगठन आगामी जुनसुकै चुनावमा पनि जित्नेगरी बनाएको तर पार्टीले त्यसको ख्याल नगरी आफूलाई वास्ता नगरेर अन्यलाई टिकट दिएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ।

उनले भने , ूकम्युनिष्टको ठाउँमा कांग्रेसको माहोल राम्रो बनाएको थिए । यस पटक चुनाव जितिन्छ भन्ने ठूलो आशा थियो तर संगठनले पछि हट्न वाध्य बनायो । तर जनताको भावना अनुसार म वडा अध्यक्षमा उठेको छु । जिताउनु हुनेछ भन्नेमा विश्वस्त छु ।

  • प्रकाशित मिति : वैशाख १३, २०७९, मंगलवार २१:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८