• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

साँढेको टाङमुनी बाल्टी थाप्दैमा दुध आउदैनः लिङ्देन

  • खबरदाता

साँढेको टाङमुनी बाल्टी थाप्दैमा दुध आउदैनः लिङ्देन

वैशाख, २ २०७९ ।

चितवन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले साढेको टाङमुनी बाल्टी थापेर दुध नआउने बताएका छन् । भरतपुरमा शुक्रबार आयोजित पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्दै ३२ वर्षसम्म केही गर्न नसक्ने पार्टी र तीनका नेतालाई मत दिन नहुँने तर्क दिर्दै उनले सो कुरा बताएका हुन् ।

ठूला भनिने दलहरुलाई भोट दिएर देश बन्छ भनेर सोच्नु गलत साबित हुने उनको भनाइ थियो । अबको विकल्प सोच्ने बेला धेरै नरहेको बताउँर्दै चुनावलाई ख्यालख्याल नठान्न उनले आग्रह गरे । अब हुने स्थानिय चुनावमा कसैलाई पनि भोट दिनुभन्दा अगाडि हजार पटक सोच्नुपर्ने बताउँर्दै बाउबाजेको पार्टी भनेर नसोचिकन देश बनाउने नेतालाई मत हाल्नु उनको भनाइ थियो ।

उनले भने,‘गएका चुनावहरुमा ठीक पार्टी र नेता छान्न नसक्दा देश र जनताले दुख पाए,जनतालाई गाई गोठको वस्तु ठान्ने नेताहरुले अहिलेसम्म देशलाई उभो गतिमा डोहोर्याउन सकेनन् त्यसैले पनि ठूला दलहरु देखेर दया लागेर आउछ ।’

अध्यक्ष लिङ्देनले तीन करोड नपुग जनता भएको देशमा पचास लाख युवा खाडी लगायतका मुलुकमा जानुपर्ने बाध्यता सिर्जना हुनु कहालीलाग्दो अवस्था भएको बताए ।

‘तीन दशकको अवधीमा अन्य मूलुकहरु कहाँबाट कहाँ पुगिसके तर हामी जस्ताको तस्तै छौ ।’ उनले भने, ‘भारत नजन्मर्दै नेपाल थियो, अमेरिका नबन्दै नेपाल थियो यति पुरानो देश भएर पनि मागिखाने देशको रुपमा नेपाल चिनिन्छ । ’ यो कस्ले गर्दा भयो? उनको प्रतिप्रश्न थियो ।

निर्वाचनमा मत हाल्दा पहिलो प्राथमिकतामा दल नभई नेता छान्नुपर्ने उनको भनाइ थियो । छोरी दिदा त हजारपटक सोच्ने गरेको बताउँर्दै मत हाल्दा त्यो भन्दा बढी पटक सोच्नुपर्ने अवस्था आएको उनले बताए । उनले भने,‘तपाई हामीले धेरैपटक सोचेर छोरी दिन्छौ,कहिलेकाहीँ छोरी लफङ्गासँग पर्छिन तर छोरी लफङ्गासँग एउटा छोरी मात्रै बिर्गिन्छिन् अर्की छोरी छिन् भने राम्रै ठाउँमा पर्छिन तर तपाईँले दिएको एक मत उपयुक्त ठाउँमा परेन भने देश र हजारौ जनता बिग्रन्छन् । ’

विगत ३२ वर्षको अवधिलाई हेर्दा सो समयमा शासन गरेका दलहरुको देशप्रति कुनै माया र प्रेम नदेखिएको दाबी गर्दै उनले एक पटक राप्रपालाई भोट दिन उनले आग्रह गरे ।

  • प्रकाशित मिति : वैशाख २, २०७९, शुक्रवार १८:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८