• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

होला त बैशाख ३० मा स्थानिय निर्वाचन ?

  • खबरदाता

होला त बैशाख ३० मा स्थानिय निर्वाचन ?

चैत ३०, २०७८

स्थानीय तहको निर्वाचन आउन जम्मा ३१ दिन बाँकी छ। तर अहिले निर्वाचन आयोगदेखि राजनीतिक दलका शीर्ष नेताहरू नै तोकिएको समयमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्न थालेका छन्।

निर्वाचन आयोग, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, सत्तारुढ नेपाली कांग्रेस र सत्तारुढ घटक नेकपा (एस)का नेताहरूबाट एकैदिन आएको अभिव्यक्तिका कारण ३० वैशाखमा नै स्थानीय तह निर्वाचन हुँदैन कि भन्ने शंका उब्जिएको छ।

मंगलबार बिहान मात्रै स्थानीय तह निर्वाचनमा सहभागी हुने प्रमुख पक्षहरुले दिएको अभिब्यक्तिलाई आधार मान्दा पनि निर्वाचन सार्नका लागि ‘भित्र भित्र केही न केही भईरहेको’ भनेर आशंका गर्न सकिने बलियो आधार देखिएको छ । निर्वाचन आयोगले मंगलबार विराटनगरमा ‘मिडिया अभिमुखीकरण कार्यक्रम’ को आयोजना गरेको थियो। त्यही कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले निर्वाचन सार्न खोजिएकोतर्फ इंगित गर्दै घोषित मितिमा निर्वाचन नभएमा लोकतन्त्र खतरामा पर्नेसम्मका अभिव्यक्ति दिए।

प्रमुख आयुक्त थपलियाले ‘निर्वाचनको रकेट प्रक्षेपण भईसक्यो, रोकिए दुर्घटना हुन्छ’ भन्ने अभिव्यक्ति दिनुका पछाडि घोषित निर्वाचन मितिमा स्वयं आश्वस्त हुन नसकेको आशंका उब्जिएको छ। ‘स्थानीय तहको निर्वाचन हुन ३१ दिन मात्रै बाँकी रहेको छ, ३० जिल्लाको मतपत्र छापिएर पठाउने क्रममा रहेको र निर्वाचन अधिकृतहरू नियुक्त भएर कार्यालय स्थापनाका तयारीमा लागेका छौँ, घोषित मितिमा निर्वाचन नभए लोकतन्त्र हार्छ, लोकतन्त्र हार्नु हुदैँन,’ उनले थपे। उता विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पनि निर्वाचन आयोग नै पुगेर आफनो पार्टीलाई निर्वाचनमा भाग लिन दिनुपर्ने माग राखेका थिए।

  • प्रकाशित मिति : चैत ३०, २०७८, बुधवार ०६:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८