चैत २८,२०७८
निर्वाचन आयोगले कांग्रेस नेता डाक्टर शशांक कोइरालालाई सात दिनभित्र ६ करोड खर्च बारेको जवाफ पठाउन निर्देशन दिएको छ।
सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संचार माध्यममा बोलेको कुराले आयोगको ध्यानाकर्षण भएको बताएका छन।
कोइरालाले शनिबार एक कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर १ मा तीन पटक सांसद उठ्दाको खर्च विवरण सुनाएका थिए।
उनले पहिलो संविधानसभा निर्वाचनमा ८० हजार, दोस्रोमा ३ करोड र तेस्रो निर्वाचनमा ६ करोड खर्च भएको सुनाएका थिए।
पौडेलका अनुसार २०७४ सालको प्रतिनिधिसभा चुनावमा निर्वाचन आयोगले उम्मेदवारलाई २५ लाख रुपैयाँ खर्च गर्ने प्रावधान तोकेको थियो।
कोइरालाले आफ्नो खर्च विवरण पेश गर्दा २१ लाख ७५ हजार देखाएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८