• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

भरतपुरमा तालमेल गर्ने पालिका स्तरीय गठबन्धनको निर्णय

  • खबरदाता

भरतपुरमा तालमेल गर्ने पालिका स्तरीय गठबन्धनको निर्णय

 

चैत २२,२०७८

चितवन -गठबन्धनका पाँच दलले चितवनको भरतपुर महानगर पालिका भित्र पनि चुनावी तालमेल गर्ने निर्णय गरेका छन ।

मंगलबार नेपाली काङ्ग्रेस महानगर समितिका सभापति चित्रसेन अधिकारीको अध्यक्षता बसेको पालिका स्तरीय संयत्रको बैठकले सो निर्णय गरेको हो।

बैठकमा नेपाली काङ्ग्रेसका तर्फबाट भरतपुरका सभापति चित्रसेन अधिकारी ,नेकपा माओवादी केन्द्र भरतपुरका अध्यक्ष ईश्वर सापकोटाको उपस्तिथि थियो।यस्तै एकीकृत समाजबादीका तर्फबाट महानगर इन्चार्ज सुर्य प्रसाद शर्मा जसपा भरतपुरका अध्यक्ष अनुज जोशी र राजमो भरतपुरका अध्यक्ष भक्ति राम गौतमको उपस्थित रहेक थियो।

जिल्लाका सबै पालिकामा तालमेल गर्ने निर्णय भएपनि काङ्ग्रेसले भरतपुर महानगरमा मेयर आफुले पाउनु पर्ने दाबी गर्दै आएको छ। उता माओवादीले पनि भरतपुर यसपटक पनि आफ्नो दाबी रहेको बताएको छ।

तर कसले मेयर पाउने भन्ने बिषयमा केन्द्रको निर्णय पर्खनु पर्न्र देखिन्छ ।

  • प्रकाशित मिति : चैत २२, २०७८, मंगलवार १८:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८