चैत २१,२०७८
चितवन – पाँच दलिय गठबन्धनले चितवनका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको छ।
पाँच दलका जिल्लास्तरीय नेताहरूको आज बसेको बैठकलेब उक्त निर्णय गरेको हो।
निर्णयमा कांग्रेस सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इन्चार्ज कृष्णप्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन्।
नेपाली कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले स्थानीय निर्वाचनमा सबै पालिकाहरुमा तालमे अनुसारनै उमेदवार तय गरिने निर्णय गरेको हो।
जिल्लामा रहेका सबै सातवटै पालिकामा गठबन्धनका दलहरूबीच बैठक बसेर चुनावी संयन्त्र निर्माण गर्नेबारे पनि छलफल भएको छ।
जिल्लामा दलहरूको बस्तुगत अवस्थाबारे प्रतिवेदन तयार गर्न पाँच सदस्यीय कार्यदल पनि गठन गर्ने निर्णय भएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८