चैत १९,२०७८
चितवन – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरमा मेयर कसले लिने भन्ने निर्णय भइनसकेको बताएका छन।
सनिवार चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै पौडेलले सो कुरा बताएका हुन। गठबन्धन केन्द्रबाट गरिने भएपनि तल्लो तहको निर्णयलाइ पहिलो प्राथमिकतामा राखेर निर्णय गरिने पौडेलले बताए । उनले भने प्रदेश , जिल्ला , क्षेत्रको निर्णय हेरेर मात्र सो स्थानमा के गर्ने भन्ने केन्द्रले निर्णय गर्छ।
भरतपुरको मेयरका बारेमा अब बस्ने गठबन्धनको बैठकले निर्णय गर्ने समेत उनले बताए।
गठबन्धन देश र देशमा रहेको कानुन जोगाउनका लागि अत्यावश्यक रहेको उनले बताए । उनले भने गठबन्धनकै कारणले गर्दा अहिले सम्मको अबस्थामा सरकार र पार्टी रहेको हो ।त्यसैले देश र कानुनको रक्षाको लागि अझै केहि समय गठबन्धन आबश्यक छ। गठबन्धन नगर्ने हो भने तपाईं हामीले सोचेभन्दा फरक परिणाम आउन सक्छ।
काङ्ग्रेसले चुनाबमा आउने परिणामलाइ आकलन गरेर गठबन्धन नगरेको बताउदै काङ्ग्रेस कहिले पनि चुनावमा जान नडराउने उनले बताए ।तर देशकै अवस्था र परिस्थितिले गर्दा गठबन्धनलाइ निरन्तरता दिनु परेको उनको भनाइ थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८