• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • खबरदाता

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ फरेका छन्।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपिलाका-७ स्थायी घर भई काठमाडौं टोखा नगरपालिका-१ भत्केकोपुल बस्ने ४२ वर्षीय राजेन्द्र विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।

उनले मेघा बैंक लिमिटेड गोंगुबु काठमाडौंमा रहेको आफ्नो नामको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारेका थिए।

उनले दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले २०७८ फागुन १० मा प्रतिवादी राजेन्द्र विश्वकर्मालाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा बीस लाख रुपैयाँ जरिवाना र ५ दिन कैद ठहर गरेको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले उनलाई शुक्रबार टोखाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : चैत ४, २०७८, शुक्रवार १५:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८