• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

प्रकाशमान र शेखरको अडानपछि रामचन्द्रको आक्रोश– म सन्यास लिन्छु

  • खबरदाता

प्रकाशमान र शेखरको अडानपछि रामचन्द्रको आक्रोश– म सन्यास लिन्छु

 

मंसिर २२,२०७८

काँग्रेसको संस्थापन पक्षले अझै सभापतिको सझा उमेदवार तय गर्न सकेन।

बुधबार बसेको बैठकमा नेता प्रकाशमा सिंह र शेखर कोइरालाले आफु पनि सभापतिमा उठ्ने भनेपछि रमचन्द्र पौडेल अफ्ठेरोमा परेका छन। पौडेलले नेता द्वोय सिंह र कोइरालालाइ एक पटक सहयोग गर्न आग्रह गरेका थिए ।

सिंह निवास चाक्सिबारिमा बसेक बैठकमा सहमति नजुटेछि पौडेल आक्रोशित बन्दै कोहिपनि नमिल्ने मलाइ राजनीति बाट सन्यास लिने धारणा राखेको एक नेताले बताए ।

ती नेताका अनुसार संस्थापन इत्तर पक्षका नेताहरु डा। शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको उम्मदेवार बन्ने दाबी नछाडेपछि आक्रोशित हुँदै पौडेलले बैठकमा भने, ‘तपाईहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस् । आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्सास लिन दिनोस् ।’ बरिष्ठ नेता पौडेलको यो आक्रोशबारे बैठकपछि बाहिर निस्केका अर्का नेता डा। रामशरण महतले भने, ‘रामचन्द्रजी आक्रोशित रुपमा प्रस्तुत हुनुभयो ।’

भोलि पनि सहमतिका लागि आफूहरुले पहल गर्ने र त्यसपछि सभापतिका दावेदारहरुलाई भेटेर सहमतिका लागि दवाव दिने बताए उनले बताए ।

 

  • प्रकाशित मिति : मंसिर २२, २०७८, बुधवार १४:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८