• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

संबैधानिक राजतन्त्र र हिन्दु रास्ट्रको एजेन्डा अझ ससक्त हुन्छ : थापा

  • खबरदाता

संबैधानिक राजतन्त्र र हिन्दु रास्ट्रको एजेन्डा अझ ससक्त हुन्छ : थापा

 

मंसिर १०,२०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशन पछि संबैधानिक राजतन्त्र र हिन्दु रास्ट्रको एजेन्डा अझ ससक्त रुपमा अगाडी बड्ने बताएका छन।

चितवनको भरतपुर बिमान स्थलमा पत्रकाहरुसंग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन।

स्थापना काल देखिनै राप्रपाले उक्त एजेन्डालाइ लिएर हिंडेकाले त्यसलाइ अझ ससक्त पार्दै जाने उनले बताए ।

अबको महाधिवेशनपछि पार्टीमा एक जना मात्र अध्यक्ष रहने कुरा पनि उनले बताए ।उनले ,’भने महाधिवेशनमा प्रस्तुत बिधानमा एउटा मात्र अध्यक्ष हुने भन्ने पारित भइसकेको छ।अब तीनवटा अध्यक्ष भन्ने हुदैन।’

न्यायपालिकामा देखिएको अहिलेको अबस्था दुर्भाग्यपूर्ण रहेको उनले बताए।आफुले यसलाइ एकाङि रुपमा हेर्ने नगरेको उनको भनाइ थियो।

परमादेशबाट संसद पुनः स्थापना भएपछि एक दिन पनि संसद चल्न नसक्नुले पनि यो सम्बिधान माथिनै प्रश्न चिन्ह खडा भएको उन भनाइ थियो। उनले भने, ‘प्रतिपक्षी दलको अबरोध र अकर्मन्य नेताका कारण संसद गतिहि अबस्थामा रहेको छ। त्यसैले संबिधान माथिनै सोच्ने बेला आएको छ।’

प्रधानन्यायाधीशले नैतिकताका आधारमा पदमा बस्ने हैसियत गुमाइसकेको उनको भनाइ थियो। तर पदबाट हटाउन संबैधानिक बाटो जानुको सट्टा न्यायाधीशहरुनै सडक आन्दोलनमा जानु झन संकाको बिषय रहेको उनले बताए ।उनले भने ,’न्यायपालिका ,कार्यपालिका र ब्यबस्थापिका अहिले संकट ग्रस्त अबस्थामा छन।त्यसैले यो संबिधान र ब्यबस्थाको औचित्य माथि प्रश्न चिन्ह खडा भएको छ।त्यसैले समग्र रुपमा संबिधान र ब्यबस्थाका पक्षमा पुनर्बिचार गर्नु पर्छ ।’

नेकपा एमालेको १० औं महाधिवेशनमा सरिक हुन आएका उनले एमालेलाइ सफलताको शुभकामना दिए।
मिडिया नेपाल चितवनले आयोजना गरेको कार्यक्रमको अध्यक्षता समिक्षा पुरिले गरेकि थिइन।

  • प्रकाशित मिति : मंसिर १०, २०७८, शुक्रवार ०८:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८