• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

भरतपुर महानगरमा रेनुले तोडिन काङ्ग्रेस संगको गठबन्धन !


भरतपुर महानगरमा रेनुले तोडिन काङ्ग्रेस संगको गठबन्धन !

महानगरको विकासमा उमा रेग्मीको पनि विचार सुन्दा पक्कै पनि कसैलाई घाटा हुँदैन होला । त्यसो त गठवन्धन सरकारमै रहेकी मन्त्री रेग्मी चितवनमै हुँदापनि खबर नगरिनुले माओवादी काँग्रेसको चिसोपन बढ्दै गएको अनुमान लगाउन सकिन्छ । अझ यसले चितवनमा ठूलो माने राख्ने त छ नै सरकारमा रहेका अन्य मन्त्रीहरुलाई बोलाउँदा रेग्मीलाई खबर समेत नहुनु आफैमा आश्चर्य छ ।

 

केपी शर्मा – मंसिर ५,२०७८

 

चितवन । भरतपुर महानगरद्वारा आयोजना गर्न लागिएको एक कार्यक्रममा काङ्ग्रेसलाइ वाइपास गरिएको छ।

भरतपुर महानगरपालिकाले महानगर बिकासमा बहस कार्यक्रम तामझामका साथ सोमबार होटल सिराइचुलिमा गर्ने तयारि पूरा भइसकेको जनाइएको छ। प्रचण्ड प्रमुख अथिति रहने भनिएको उक्त कार्यक्रमको लागि आइतबारनै अर्थ मन्त्री जनार्दन शर्मा चितवन आइपुगेका छन।

कार्यक्रमकै लागि पर्यटन मन्त्री प्रेम आले, उर्जा मन्त्री पन्फा भुसाल समेत चितवन आइपुग्दा चितवनबाटै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेकि उमा रेग्मिलाइ भने महानगरले सुइँको पनि दिएन।

रेग्मी अहिले चितवन जिल्लामानै रहेकी छन्। रेग्मी प्रचण्डकै क्षेत्रकी सांसद हुन् । उनी भरतपुर महानगरकै बासिन्दा समेत हुन । तर महानगरले भोलि गर्ने भनिएको कार्यक्रममा रेग्मी बेखबर छिन।

यस बारेमा खबर मुलुकले मन्त्री रेग्मीलाइ सम्पर्क गर्दा उनले महानगरको कार्यक्रममा आफुलाइ निम्ता नभएको बताइन् । उनले भरतपुर महानगरमा एकलौटी हुकुमी साशन चलेको आफूलाइ महसुस भएको समेत बताइन । रेनुले जानाजान अफुलाइ नबोलाएको होला भन्दै रेग्मीले भनिन , “यो मेयर रेनुको खेल हो। म यतै छु भन्ने सबैलाइ थाहा छ। म एकै क्षेत्रको र एकै महानगर भएको नाताले पनि बोलाउनु पर्ने हो ।”

काङ्ग्रेसको नेतृत्वमा माओवादी सहितको गठबन्धनमा सरकार र सहकार्य हुदै आएको बेला महानगर प्रमुख रेनुले काङ्ग्रेसबाटै मन्त्री बनेकी रेग्मीलाइ किन बोलाइनन रु यसको रहस्य के हो भनेर धेरैले खोजि गरिरहेका छन।

चितवनमा अनेक हथकन्डा अपनाएर काङ्ग्रेसले मेयरमा रेनु दाहाललाइ जिताएको हो। त्यसमाथि अहिले त झन केन्द्र देखी प्रदेश सम्म काङ्ग्रेससंगै गठबन्धन छ।

मेयर दाहालले रेग्मीलाइ महानगरकै कार्यक्रममा नबोलाइनुले महानगर भित्र नेकपा माओवादीले काङ्ग्रेस संगको गठबन्धन तोडेक हो कि भन्ने पनि अनुमान गर्न थालिएको छ।

हुन त पछिल्लो समय चितवन काङ्ग्रेसका अध्यक्ष जितनारायण श्रेष्ठले अब कसैसंग गठबन्धन नहुने भन्दै प्रचण्ड र रेनु बिरुद्ध दिएको अभिव्यक्तिले पनि काङ्ग्रेससंग माओवादी अलि क्रुद्ध बनेको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

  • प्रकाशित मिति : मंसिर ५, २०७८, आइतवार १६:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८