मंसिर ५ २०७८
बैतडीमा जन्ती चडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
उक्त दुर्घटनामा अन्य सात जना घाइते भएका छन।मृत्यु भएका मध्ये तीन जनाको सनाखत भएको प्रहरीले जनाएको छ। मृत्यु भइ सनाखत हुने मध्ये दशरथ चन्द नगरपालिका ६ का खेम सिंह कार्कि ,प्रेम चन्द,र तारा थापा रहेका छन।
बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटना भएको हो।
चारैजनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार बेलुका करिब आठ बजेतिको समयमा दुर्घटना भएको जिपमा कति जना सवार थिए भन्ने खुलेको छैन । जिप सडकबाट ५ सय मिटर तल खसेको बताइएको छ ।
अन्य विवरण आउन बाकी रहेको प्रहरीले जनाएक छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८