• मंसिर १०, २०८३, बिहीवार Thursday, 26 November, 2026

चितवनमा जनगणना २०७८ को तयारी पूरा, ८६७ गणक फिल्डमा खटिए

  • खबरदाता

चितवनमा जनगणना २०७८ को तयारी पूरा, ८६७ गणक फिल्डमा खटिए

कात्तिक २३, २०७८

चितवनमा राष्ट्रिय जनगणना २०७८ को सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीका अनुसार मूल गणनाका लागि आवश्यक पर्ने सवै सामाग्रीहरु गणकहरुलाई हस्तान्तरण गरिसकिएको छ ।

जिल्लाभर २१० जना सुपरीवेक्षकले यस अघि संकलन गरेको घर तथा घरपरिवार सूचीकरणबाट ल्याएको तथ्याकंको आधारमा अव दोस्रो चरणमा कार्तिक २५ देखि मंसिर ९ सम्म ८६७ जना गाण्कहरु खटिने छन् । उनीहरुलाई मूल प्रश्नावली कसरी भर्ने भन्नेवारे कार्तिक १३ देखि १६ गते सम्म तालिम प्रदान गरिएको थियो । तालिम पश्चात गणकहरुलाइ नियुक्तिपत्र, करार नामा र अन्य फाराम सहितका सामाग्री प्रदान गरिएको हो ।

यस पटकको गणनामा वडा तहसम्मकै विवरण आउने भन्दै गणकहरुलाई सवै प्रश्नहरु कसरी सोध्ने र अभिलेखिकरण गर्ने भन्नेवारे तालिम दिएर फिल्डमा खटाइएको हो । गणक हितमाया प्रजाले पहिलो पटक गणक वन्न पाउँदा उत्साहित रहेको बताइन् ।

चेपाङ समुदायबाट आफू पनि यस अभियानमा सहभागी हुन पाउँदा एकातिर आम्दानी समेत हुने र अर्कोतर्फ अभियानमा जोडिन पाउनु सकारात्मक पक्ष भएको उनको भनाई थियो । उनले भनिन्,“ नेपाल सरकारले रोजगारी समेत दिएको छ । दिएको जिम्मेवारी पूर्णरुपमा सफलतापूर्वक निभाउने छु । ”

इच्छाकामना गाउँपालिका वडानम्वर ५ की सुपरीवेक्षक सावित्री पुडासैनी खनालले सवै गणकहरु सम्पर्कमा आइसकेको र तयारीका साथ फिल्डमा खटिएको बताइन् । गणकलाई आइपर्ने समस्यामा आफूहरुले सहजीकरण गर्ने र सही,सत्य तथ्य विवरण ल्याउने गरी काम गर्ने उनले बताइन् ।

जनगणनाका लागि फिल्डमा जाने तयारीमा गणकहरु

जिल्लामा रहेको भौगोलिक विकटताका आधारमा सम्भव हुँदासम्म सोही वडाका स्थानीयलाई गणकको जिम्मेवारी दिएको छ भने अनलाइनबाट फर्म नभर्नेहरु रहेपनि नजिकका व्यक्तिलाई गणकको रुपमा खटाइएको छ । एक जना सुपरीवेक्षकले चार जना गणकलाई सुपरीवेक्षण गर्नेगरी फिल्डको कार्यतालिका बनाइएको भण्डारीले बताए ।

पुरै ८० वटा प्रश्नावलीमा परिचयात्मक खण्ड, पारिवारीक, व्यक्तिगत र विषयगत खण्डहरु रहेका छन् । एक जना गणकलाई एक परवारको तथ्याङ्क संकलन गर्न करिव आधा घण्टाको समय लाग्नेछ ।

२०६८ भन्दा २०७८ मा नयाँ विषय थप गरिएको भन्दै यस पटक वडाले भर्नुपर्ने सामुदायिक प्रश्नावली, मुख्य गणनाको प्रश्नावलीमा पुर्खाको भाषा, अािर्थक साक्षरता र पहुँच , प्राविधिक शिक्षाको वारेमा पनि प्रश्न रहेका छन् । यस पटकको जनगणनामा कागजी प्रश्नावली सहित ट्यावलेट विधि पनि प्रयोग गरिएतापनि चितवनमा भने कागजी प्रश्नावली विधि मात्र अपनाइएको भण्डारीले बताए ।

समाजिक तथ्याकं भएपनि आर्थिक विवरण समेत प्राप्त हुने यो गणना संघीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो हो । यसलाई सफल बनाउन वडा तहसम्मनै सहजीकरण संयन्त्र बनाइएको भण्डारीको भनाई छ ।

तथ्याङ्क दिनु नागरिकको दायित्व रहेको भन्दै दिएका विवरण तथ्याक ऐन २०१५ अनुसार गोप्य रहनेछन् । त्यसैले पनि सही तथ्याक दिन आग्रह गर्दै यदी तथ्याकं नदिएर, गणकलाई दुव्र्यवहार गरे नागरिकलाई कारवाहीको समेत कानुनी व्यवस्था रहेको उनले जानकारी दिए ।

नेपालमै पहिलो पटक अनलाइनबाट फारम माग गरिएकाले सुपरीवेक्षकहरु स्नातक पास र गणकहरु प्ल टु पास गरेकामात्रै छनौट भएका छन् । चितवनमा महिला,अपाङ्गता भएका व्यक्तिहरु, सीमान्तकृत जातजातीहरु समेत सुपरीवेक्षक र गणकको रुपमा खटिएका छन् ।

  • प्रकाशित मिति : कात्तिक २३, २०७८, मंगलवार ११:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८