• मंसिर १०, २०८३, बिहीवार Thursday, 26 November, 2026

दशौँ राष्ट्रिय खेलकुदमा आज यी खेलमा हुँदै छ प्रतिस्पर्धा

  • खबरदाता

दशौँ राष्ट्रिय खेलकुदमा आज यी खेलमा हुँदै छ प्रतिस्पर्धा

सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत बिहीबार (मंसिर १० गते) आठ विधाका खेल सञ्चालन हुने भएका छन् ।

प्रतियोगिताअन्तर्गत सुर्खेत, बाँके र बर्दियामा विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन हुनेछन् । आज (मंसिर १० गते) महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी, टेनिस, बक्सिङ र जिम्न्यास्टिकका खेल हुने तालिका रहेको छ ।

तालिकाअनुसार, महिला क्रिकेट वीरेन्द्रनगर रंगशालामा बिहान ९ बजेदेखि सञ्चालन हुनेछ । पुरुष क्रिकेट सुर्खेतको कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै, पुरुष फुटबलको प्रतिस्पर्धा सुर्खेतस्थित मुख्य रंगशालामा दिउँसो २स्३० बजे हुनेछ । महिला बास्केटबलका खेल पनि वीरेन्द्रनगर रंगशालामा सञ्चालन हुनेछन् ।

यसैगरी, पौडी प्रतियोगिता बाँकेको नेपालगञ्जमा बिहान ९ बजेदेखि हुनेछ भने टेनिस प्रतियोगिता बर्दियामा हुनेछ ।

सुर्खेतमा हुने बक्सिङ प्रतियोगिता मुख्य कभर्डहलमा मध्याह्न १२ बजेदेखि सुरु हुनेछ । जिम्न्यास्टिक प्रतियोगिता भने सुर्खेतको मिनी कभर्डहलमा हुनेछ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न विधाका प्रतिस्पर्धा कर्णाली प्रदेशसहित अन्य जिल्लामा पनि सञ्चालन भइरहेका छन् ।

  • प्रकाशित मिति : मंसिर १०, २०८३, बिहीवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८