कात्तिक ११, २०७८
न्यायालयभित्र देखापरेको विवादले प्रजातन्त्रलाई नै कमजोर बनाउने काँग्रेस नेतृ सुजता कोइरालाले बताएकी छिन् ।
चितवनको भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेतृ कोइरालाले सर्वोच्च अदालतमा प्रधानन्यायधीश र न्यायाधीशहरुवीचको विवाद चाँडै समाधान हुनुपर्ने बताइन् ।
१४ औँ महाधिवेशनको नयाँ मिति भर्खरै सार्वजनिक भएको भन्दै उनले यो मिति महाधिवेशनको अन्तिम मिति हुने दावी गरिन् । उनले भनिन्,“अहिले सरेको महाधिवेशन मिति अन्तिम हुनेछ । यही मितिमा काँग्रेसले वडादेखि केन्द्रसम्म नयाँ नेतृत्व पाउनेछ । ”
तीन कोइराला एक भएको हो भन्ने प्रश्नमा उनले नाता ठूलो कुरा नभएको भन्दै विचार मिलेको बताइन् । उनले भनिन्,“राजनीतिमा परिवार भन्दापनि विचार मिल्नुपर्छ । जसजसको विचार मिल्छ उनीहरु एक ठाउँमा उभिन सक्दछन् । ” सभापतिमा कसलाई समर्थन गर्नुहुन्छ भन्ने प्रश्नमा उहाँले अहिलेनै आफूले कुनै धारणा नवनाएको भन्दै परिस्थितीको आकलन गरिहेको बताइन् ।
आउँदो चुनावमा काँग्रेसको कुनै पार्टी तथा समूहसँग गठवन्धन नहुने उनको भनाई थियो । उनले भनिन्,“अहिलेसम्म पार्टीको कसैसँग पनि एलाइन्स हुने सम्भावना हुने देखिएको छैन र हुँदैन पनि ।
काँग्रेस आफैमा ऐतिहासिक र सिद्धान्त सहितको पार्टी भएकाले धेरै विचार गरेर मात्रै निर्णय लिन्छ । ”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८