• कात्तिक ६, २०८३, शुक्रवार Friday, 23 October, 2026

चितवन प्रशासनले ‘मास्क वैँक’ खोल्ने


चितवन प्रशासनले ‘मास्क वैँक’ खोल्ने

असोज १५, २०७८

कोरोना भाइरसको संक्रमणमा केही कमी देखिनाथालेपछि र जिल्ला प्रशासन कार्यालयहरुले आफ्ना आदेशलाई खुकुलो पार्दै जाँदा सर्वसाधरण भने त्यसको फाइदा उठाउँदै मास्कनै प्रयोग नगरी हिँडडुल गर्न थालेका छन् ।

पछिल्लो समय देशभर लगभग १० देखि १५ प्रतिशत र चितवन जिल्लामा ५ देखि १५ प्रतिशतको हाराहारीमा मात्रै कोरोना संक्रमितहरु थपिरहेको स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कले देखाउँछ ।
संक्रमितको संख्या कम हुँदैमा संक्रमण जोखिम घटेकै भनेर भन्न नसकिने विज्ञहरुले बताउँदै आएका छन् । तर सर्वसाधरणहरु भने मुख्य चाडवाड नजिकिदै जाँदा दैनिक उपभोग्य वस्तु किनमेल तथा हिँडडुल गर्दा स्वास्थ्य मापदण्डको वेवास्ता गर्दै विना मास्क र भौतिक दूरीलाई वास्तै नगरी हिँड्ने गरेको पाइन्छ ।

सर्वसाधरण मास्क समेत नलगाई हिँड्न थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले मास्क लगाउनुपर्छ भनेर सचेतना जगाउन मास्क अभियाननै चलाउने भएको छ । उसले चाडपर्व लक्षित प्रशासन कक्षमै मास्क वैँकको नै स्थापना गर्ने भएको छ ।

प्रशासन कार्यालयमा स्थापना हुने मास्क वैँकका लागि विभिन्न संघ संस्थासँग मास्क सहयोग गर्न आह्वान समेत गरिएको छ । साथै मास्क लगाउने अभियान संचालन गराउन स्वयमसेवक समेत माग गर्ने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनका सूचना अधिकारी खेमराज पौडेलले प्रशासनमा हुने मास्क वैँकमा जुनसुकै संस्थाले ल्याएर मास्क डिपोजिट गर्न पाउने बताए । पौडेलका अनुसार घटस्थापना देखि फूलपाती सम्मको बेला बढि भिडभाड हुने भएकाले ती दिनहरुमा जम्मा भएको मास्क लगेर सार्वजनिक स्थानमा सर्वसाधरणलाई वितरण गरिनेछ । यस्तै केही समय पहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले एक हप्ते मास्क अभियान पूरा गरिसकेको छ ।

कार्यालयका अनुसार १ हप्तामा २१ पटकमा ३ हजार २ मास्क सर्वसाधरणलाई वितरण गरिएको थियो ।

  • प्रकाशित मिति : असोज १५, २०७८, शुक्रवार १०:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८