• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

मोटरसाइकल दुर्घटनामा बुबा-छोराको मृत्यु

  • खबरदाता

मोटरसाइकल दुर्घटनामा बुबा-छोराको मृत्यु

अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ।

भूमिकास्थान नगरपालिका-२, भूमेकाथानमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा भूमिकास्थान–८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिवस जिसीले जानकारी दिए।

छोराको नाम खुलिसकेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।-रासस

  • प्रकाशित मिति : कात्तिक ५, २०८३, बिहीवार १०:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८