• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

साउदीमा ड्रोन आक्रमण, नेपालीसहित दुईजनाको मृत्यु

  • खबरदाता

साउदीमा ड्रोन आक्रमण, नेपालीसहित दुईजनाको मृत्यु

साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुईजनाको मृत्यु भएको छ । पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा रहेको अरामकोको प्रशोधन केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

साउदी ऊर्जा मन्त्रालयका अनुसार, बुधबार बिहान प्रशोधन केन्द्रतर्फ लक्षित ड्रोनलाई हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो । त्यस क्रममा खसेको भग्नावशेषले प्रशोधन केन्द्रको बाहिरी परिसरमा रहेको ठेकेदार कम्पनीको गाडीमा आगलागी भएको थियो ।

साउदी ऊर्जा मन्त्रालयले मृत्यु हुनेमा एक नेपाली र एक फिलिपिनो नागरिक रहेको पुष्टि गरेको छ ।

घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक छन् । मृतकको पहिचान भने भएको छैन ।

घटनापछि सुरक्षा तथा उद्धार निकायले आवश्यक कदम चालेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

  • प्रकाशित मिति : कात्तिक ५, २०८३, बिहीवार १०:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८