अब स्पेन र इटाली सेमिफाइनलमा भिड्ने

  • खबरदाता
  • असार १९, २०७८

असार १९,२०७८

फुटबलका दुई सदाबहार शक्ति स्पेन र इटाली बिच यस वर्षको युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा भेट हुने भएको छ ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा इटालीले शीर्ष वरियताको बेल्जियमलाई २–१ ले हराउन सफल भयो भने स्पेनले स्वीजरल्यान्डलाई टाई ब्रेकरमा ३–१ ले हरायो ।
बेल्जियम माथिको जित सहित इटालीले लगातार १३ खेलमा जित हात पार्नुको साथै अपराजित यात्रालाई ३३ खेलसम्म लम्ब्याएको छ ।

निको लास बारेलाले ३१ औं मिनेट तिन रक्षकको बिचबाट गोल गरे पछि इटालीले पहिलो अग्रता लिएको थियो । ४४ औं मिनेटमा लोरेन्जो इन्सिन्घेले मैदानको मध्य भागबाट बल कुदाउँदै लगेर गोल गरेका थिए । बेल्जियमका लागि रोमेलो लुकाकुले पहिलो हाफका इन्जुरी समयमा पेनाल्टीमा गोल गरे । जीयोभानी डी लोरेन्जोले जेरेमी डोकुलाई फल प्रहार गरे पछि इटालीले पेनाल्टी पाएको थियो । घाइते भएका बायाँ रक्षक लीयोनार्डो स्पन्जिोलालाई भने इटालीले स्पेनसँगको खेलमा गुमाउने छ ।

बेल्जियमको हारसँगै यो स्वर्णिम युगको अबको स्वर्णिम पुस्ताको आशा के मारु भन्ने प्रश्न उठेको छ । सन् १९८० मा युरो कपमा सेमिफाइनलमा जर्मनीसँग पराजित भएको बेल्जियम यस पछि एकै पटक राम्रो प्रदर्शन गर्ने क्रममा गत विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको थियो ।
इटालीको हकमा कुने पनि महत्त्वपूर्ण प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको यो १२ ओ पटक हो । यो भन्दा बढी सफलता पाउने जर्मनी मात्र रहेको छ । सन् १९८४ मा फ्रान्सका माइकल हिल्गाडो पछि रोबर्टो मान्सीनीको प्रशिक्षणमा रहेको इटाली मात्र कुनै पनि युरो कपको फाइनल चरणमा लगातार पाँच खेलमा जित हात पार्न सफल भएको छ ।

बेल्जियमका कुने पनि खेलाडीले युरो कप र विश्वकपमा लुकाकुले भन्दा बढी गोल गरेका छैनन् ।
स्पेनलाई भने १० खेलाडीमा सीमित स्वीजरल्यान्डसंग जित हात पार्न टाई ब्रेकरसम्म कुर्नु परेको थियो । स्वीजरल्यान्डका वैकल्पिक खेलाडी रुबेन भगार्सले आफ्नो प्रहार क्रस बार भन्दा माथि बाट गए पछि स्पेनका मिखायल ओराइजावालले निर्णायक गोल गरेका थिए । निर्धारित समयमा यी दुई बिच १–१ गोलको बराबरी भएको थियो ।

आठौँ मिनेटमा जोर्डी अल्बाको प्रहार रोक्ने क्रममा मिडफील्डर डेनिस जकारियाले आफ्नै पोस्टमा छिराए । ६८ औं मिनेटमा स्पेनको रक्षापक्तिले गरेको गल्तीको फाइदा उठाउँदै स्विस कप्तान जेहार्दीन साकारीले गोल गरेका थिए । यसको नौ मिनेट पछि रेमो मुलर रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

टाई ब्रेकरमा दुई प्रहार खेर फालेको स्पेन स्वीजरल्यान्डले तीन प्रहार खेर फाले पछि जोगिएको थियो । स्पेनका गोलरक्षकले दुई प्रहार बचाएका हुन् ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८