आज २८.९ प्रतिशतमा संक्रमण
जेष्ठ २३ ,२०७८
चितवन । आज एकै दिनमा ६६३६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ९१ हजार ९ रहेको छ । यो ८३.५ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ३४७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ५ लाख ९० हजार ८१ पुगेको छ ।
देश भर १०४७१ को पिसिआर परिक्षण गर्दा ३०२४ र ३२६५ जनाको एन्टिजेन परिक्षण गर्दा ४५५ जना गरि कुल ३४७९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ५० र उपत्यकाका ११३१ जना रहेका छन्।
आज चितवनका १ सहित थप ९९ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७८९८ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ७३१ रहेकोछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८