राजेन्द्र महतोको कथित मुक्ति आन्दोलन स्वीकार्य छैन :वामदेव गौतम

  • खबरदाता
  • जेठ २२, २०७८

जेष्ठ २२,२०७८

चितवन । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोले भनिरहेको मुक्ति आन्दोलनले नेपाललाई विखण्डन गर्ने भएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत गौतमले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य नहुने बताएका हुन।

शुक्रबार उपप्रधानमन्त्रीको सपथ खाएपछी राती आफ्नो कार्यबार समाल्दै नेपाललाई बिखन्डन गर्ने अभिव्यक्ति दिएका थिए।

ुराजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ,ु गौतमले लेखेका छन् ।

गौतमले प्रधानमन्त्री केपी ओलीले महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आफू आश्चार्य चकित भएको बताए ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८