संक्रमीत बचाउन अस्पताललाइ लायन्सको साथ

  • जेठ ०४, २०७८

जेष्ठ ४,२०७८- केपी शर्मा

लायन्स क्लब ईन्टरनेशनल ३२५ बिटु नेपालल कोरोना भाइरस बिरुद्ध अग्रपंक्ति उभिएको छ ।
क्लबले कोरोना भाइरस उपचारमा प्रयोग गरिने महत्त्वपूर्ण सामाग्रीहरु विभिन्न अस्पतालहरुलाई निशुल्क उपलब्ध गराएको छ।

मंगलबार भरतपुर अस्पतालमा आयोजित कार्यक्रममा करिब १८ लाख बराबरको सामाग्री लायन्सले अस्पताललाई हस्तान्तरण गरेको हो।

लायन्स क्लब ईन्टरनेशनलका इलेक्ट गभर्नर राम प्रसाद भट्टले ती सामाग्रीहरु भरतपुर अस्पतालका अध्यक्ष डा। भोजराज अधिकारीलाइ हस्तान्तरण गरेका हुन। हस्तान्तरण गरिएका सामाग्रीहरुमा हाइफ्लो अक्सिजन मेसिन २ थान र बिप्याप मेसिन २ थान रहेका छन।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले लायन्स क्लब ईन्टरनेशनल ३२५ बिटुले गर्दै आएको सामाजिक कार्यको प्रशंसा गरे। उनले सरकारले गर्नु पर्ने कामलाई आफ्नै सन्झेर लायन्सले गर्दै आएको र अब आउने दिनमा पनि यस्ता कामको निरन्तरताको लागि शुभकामना दिए।

महानगर प्रमुख रेनु दाहालले लायन्सले अघिल्लो पटकको कोभिड सुरु हुँदादेखि अहिले सम्म लगातार सहयोग हर्दै आएको बताइन। उनले लायन्स महानगर संगसंगै हिडिरहेलोमा सबै क्लबहरुलाई धन्यवादको पात्र बनाइन।

भरतपुर अस्पतालका अध्यक्ष डा। भोजराज अधिकारिले आफुहरुलाई लायन्सको सधै भर लाग्ने बताए । जब समस्या आउँछ तब हामी लायन्सलाई सम्झन पुग्छौं उनले भने। आज उपलब्ध गराइएका सामाग्रीको सेकेन्ड सेकेन्डको महत्त्व रहेको अधिकारीले बताए । उनले अहिलेको कोभिडमा यो हाइफ्लो अक्सिजन मेसिनको बिकल्प अर्को नभएको समेत बताए।

कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनलका इलेक्ट गभर्नर राम प्रसार भट्टले लायन्स सधैं सेवामा रहेको बताए। उनले भने लायन्सले अब पनि यस्ता सहयोगहरु निरन्तर गरिरहने छ । भट्टले भने जब सामाजिक समस्या आउँछ तब लायन्सलाई सम्झनुहोस।

आजनै लायन्सले क्यान्सर अस्पताललाई २ थान र मध्यबिन्दु अस्पताललाई १ थान बिप्याप मेसिन हस्तान्तरण गरेको हो।

लायन्स क्लब ईन्टरनेशनल ३२५ बिटु एरिया नम्बर ३ (चितवन र नवलपुर)का लायन्स क्लब र लायनहरुले आफैले रकम उठाएर उक्त सामाग्रीकरु खरिद गरेको एरिया सचिब पुर्ण प्रसार शर्माले बताए।

कार्यक्रम लायन्सका कोभिड -१९ प्रोटेक्ससन डिस्टिक कोअडिनेटर सिद्धार्थलाल चुकेले संचालन गरेका थिए।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८