• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

थपिए ७३६८, डिस्चार्ज ६६४८,मृत्यु १४५ जना

  • खबरदाता

थपिए ७३६८, डिस्चार्ज ६६४८,मृत्यु १४५ जना

जेष्ठ २,२०७८

चितवन । आज एकै दिनमा ६६४८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ३९ हजार ७५६ रहेको छ । यो ७४ दशमलव ७ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ७३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ४ लाख ५५ हजार २० पुगेको छ ।

देश भर १९५३९ को पिसिआर परिक्षण गर्दा ७३१६ र ३४४ जनाको एन्टिजेन परिक्षण गर्दा ५२ जना गरि कुल ७३६८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ११६ र उपत्यका २६०९ जना रहेका छन्।

आज चितवनमा १३ सहित थप १४५ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५००१ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ लाख १० हजार ६६३ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ७०१ छ।

  • प्रकाशित मिति : जेठ २, २०७८, आइतवार १०:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८