• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

एक दिनको रमाइलोले पुरै गाउँ शोकमा

  • खबरदाता

एक दिनको रमाइलोले पुरै गाउँ शोकमा

जेष्ठ २,२०७८

कोरोना संक्रमणबाट जिल्लाको बडिगाडमा विवाह भोजमा सहभागी एकैघरका चारजनाको मृत्यु भएको छ । एक साताको अवधिमा बडिगाड गाउँपालिका–४ जलजलाका एकैघरका बाबु, दुई छोरा र एक छोरीको मृत्यु भएको छ । केही हप्ताअगाडि आफ्नै परिवारको विवाह भोजमा सहभागी हुँदा कोरोना संक्रमित भएका चारजनाको एक हप्ताको अवधिमा मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाग्लुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेका अनुसार यसअघि ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय छोरा र ५४ वर्षीया छोरीको धौलागिरि अस्पताल बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको घिमिरेले जानकारी दिए ।

यसअघि बाबु र एक छोराको धौलागिरि अस्पताल र ५१ वर्षीय छोराको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शनिबार मृत्यु हुने महिला २१ वैशाखमा कोरोना पुष्टि भएर २३ वैशाखमा अस्पतालमा भर्ना भएकी थिइन् । उनीमा श्वास–प्रश्वासमा समस्या देखिएको थियो ।

स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न भनिरहँदा पनि विवाह, चौरासीलगायतका भिडभाड हुने कार्य मनपरी गर्दा भयावह भएको र क्षति व्यहोर्नुपर्ने अवस्था आएको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चूडामणि कँडेलले बताए । कँडेलका अनुसार गाउँपालिकाभित्र लक्षण देखिएकालाई जाँचका लागि स्वाब संकलन गरी पठाइएकोे छ । योसँगै बाग्लुङमा मृत्यु हुनेको संख्या २४ भएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।

  • प्रकाशित मिति : जेठ २, २०७८, आइतवार ००:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८