• कात्तिक ६, २०८३, शुक्रवार Friday, 23 October, 2026

चितवनमा ८० संक्रमीत थपिए

  • खबरदाता

चितवनमा ८० संक्रमीत थपिए

बैशाख २९,२०७८

चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ३४ पुरुष ३७ महिला गरि ७१ जना रहेका छन । यस्तै रत्ननगरका ४ पुरुष ,खैरहनिका ४ पुरुष १ महिला ,माडिका १ पुरुष र १ महिला समेत गरि चितवनका मात्रै ९० जना रहेका छन।

गैंडाकोटका ८ महिला ९ पुरुष गरि नवलपरासीका १९ जना ,र अन्य ३२ जना गोरखा , तनहु , पाल्पा र लमजुङका रहेका छन।

संक्रमितहरु २ देखि ८२ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका २४७ नमूनाको मंगलबार गरिएको परिक्षणमा १३० पोजेटिभ र ११७ वटाको रिपोर्ट नेगेटिभ आएको हो ।

  • प्रकाशित मिति : वैशाख २९, २०७८, बुधवार ००:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८