आज ३३७० निको, ८४१८ थप, ५३ को मृत्यु

  • खबरदाता
  • बैशाख २५, २०७८

वैशाख–२५, २०७८

चितवन । पछिल्लो २४ घन्टामा ३ हजार ३७० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ९८ हजार ७६५ रहेको छ । यो ७७.४ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ८४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।

देश भर १७३१५ जनाको पिसिआर परिक्षण गर्दा ८२८७ र ९८९ जनाको एन्टिजेन परिक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ३९२ र उपत्यकाका ३८९३ जना रहेका छन् ।

आज चितवनमा १४ जना थपिदा देश भर ५३ जनाको मृत्यु भएको हो। कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३६३२ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ३९८ छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८